Rule 114B
नोकरी अवधि निर्धारण सिफारिस समिति
(१) नियम ११४ को खण्ड (क) बमोजिमको अवस्थामा शिक्षकको नोकरी अवधि गणना गर्ने सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन गरी शिक्षक किताबखानालाई सिफारिस गर्न जिल्लास्तरमा देहाय बमोजिमको एक नोकरी अवधि निर्धारण सिफारिस समिति रहनेछः-
(क) जिल्ला शिक्षा अधिकारी – अध्यक्ष
(ख) जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि – सदस्य
(ग) सम्बन्धित विद्यालयको प्रधानाध्यापक – सदस्य
(२) उपनियम (१) बमोजिमको समितिको बैठक लगायत अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ